हर्क साम्पाङले दुर्गा प्रसाईँलाई दिए ढुंगा बोक्ने निम्ता : ‘आन्दोलन होइन, श्रम संस्कृति खाँचो छ देशमा’

लोकपथ
98
Shares

काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नेपालमा आन्दोलन नभइ श्रम संस्कृतिको खाँचो रहेको बताएका छन् ।

निरन्तर व्यवस्था परिवर्तनका लागि आन्दोलन घोषणा गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुझाव दिँदै आन्दोलन भन्दा पनि श्रम संस्कृतिको आवश्यक्ता रहेको बताए ।

श्रम संस्कति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै देशले आन्दोलन र रगत नमागेको बरु पसिना मागेको बताए । साथै श्रमका लागि प्रसाईँलाई ढुंगा बोक्न आउन आग्रह समेत गरेका छन् ।

‘दुर्गा प्रसाइँ जी… अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ ! रगत होइन पसिना मागेको छ माटोले ! म त घरघडी माटो सङ्ग बात मार्छु ’ तपाइँ पनि ढुङ्गा बोक्न आउनु है ! मिलेर देश बनाऔँ !,’ उनले भनेका छन् ।

गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाबाट स्वतन्त्रबाट मेयर बनेपछि साम्पाङले श्रम संस्कृति अभियानलाई जोड दिँदै आइरहेका छन् । हरेक जसो विकास निर्माणका कामलाई साम्पाङले जनश्रमदानको माध्यमबाट अघि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?