समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय : सञ्चारमन्त्री खरेल

लोकपथ
21
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय रहेको बताएका छन् ।

सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ ।

उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गरे । उनले चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत बताए ।

चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताए ।

उनले भने, ‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधीमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रुपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौं । नेपाली समाजको रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका भुल्न मिल्दैन ।’

उनले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?