मधेसमा मुख्यमन्त्री नियुक्तिको विरोध : प्रदेश प्रमुखको कार्यालयअगाडि तोडफोड, मुख्यमन्त्री भवनअगाडि प्रदर्शन

लोकपथ
364
Shares

काठमाडौं । मधेसमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलका नेता तथा समर्थकले मधेस भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयअगाडि तोडफोड गरेका छन् । तोडफोडमा उत्रेका कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेस भवनअगाडि विरोध प्रदर्शनसमेत गरिरहेका छन् । उनीहरूले ‘संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने’ मागसमेत गरेका छन् ।

प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रूपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन् । नवनियुक्त मुख्यमन्त्री यादव मधेस भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेट अगाडि प्रदर्शन गरिरहेका छन् ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै राजीनामा दिएपछि आइतबार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए । तर प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रूपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नवनियुक्त मुख्यमन्त्री यादव मधेस भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेट अगाडि प्रदर्शनमा उत्रेका हुन् । नेता कार्यकर्ताहरूले टायर बालेर पनि विरोध प्रदर्शन गरिरहेका छन् । 

अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने सात दलका नेता कार्यकर्ताको संख्या पनि थपिँदो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?