एनआईसी एशिया बैंकका ग्राहकलाई ‘द क्लिफ नेपाल’ मा १० प्रतिशत छुट

लोकपथ
35
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब ‘द क्लिफ नेपाल’ मा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सहकार्य सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले पर्वतको कुश्मामा अवस्थित ‘द क्लिफ नेपाल’मा उपलब्ध आवास सेवा, मेगाट्रोल, स्काइसाइकल र स्काइ क्याफे लगायतका सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने  बैंंकले जनाएको छ ।

उक्त सुविधा उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ   ।

बैंकले आफ्नो ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रोत्साहन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्नका लागि यस्तो छुट योजना ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?