काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
यादव एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले मधेश प्रदेश संसदीय दलका नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया