विश्वासको मत पाउने नदेखेपछि मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा घोषणा 

लोकपथ
1.6k
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा घोषणा गरेका छन् । विश्वासको मत पाउने नदेखेपछि उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । 

१० मिनेटमा लागि बैठक स्थगित गरिए पनि डेढ घण्टा बित्दा पनि बैठक सुचारु नभएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल राजीनामा दिएका हुन् । 

सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन् । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?