सचिव भट्टराईको आग्रह : ‘एमाले सभ्य, शिष्ट र जनमुखी बनाऔँ’

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीलाई सभ्य, शिष्ट र जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीयुक्त एमाले निर्माणमा जोड दिएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी चाहन्छौँ, हामी बनाउँछौँ सबैको सम्मान र आत्मगौरवयुक्त एमाले, सहकार्य र सहअस्तित्वमा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी विचार र गतिशील संगठनयुक्त एमाले ।’

सचिव भट्टराईले पार्टीका संस्थापक मदन भण्डारीको विचार र मान्यताअनुसार एमालेलाई बहुआयामिक रूपमा पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध हुन सबैमा अपिल पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?