कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक 

लोकपथ
1.1k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि उक्त बैठक आह्वान गरेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू तथा सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

बैठकले पार्टीका पूर्व मन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्ने जनाएको छ । कांग्रेसका पूर्वसांसद् आलमको गए राति साढे २ बजे निधन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?