तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सांसदको मूल जिम्मेवारी देश बनाउने र थिती बसाल्ने रहेको बताएका छन् ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विभिन्न सामग्री हस्तान्तरण कार्यक्रमका क्रममा वाग्लेले भने, ‘गत उपनिर्वाचनमा जनताले ठुलो अपेक्षासहित मलाई पठाउनुभयो । म सधैँ भनिरहेँ सांसदको काम देश बनाउने हो, कानुन बनाउने हो, थिती बसाल्ने हो । साना तिना काम त स्थानीय तहका जिम्मेवारी हुन् ।’
उनले प्रतिनिधिसभा सदस्यका रूपमा रहेर इमानदार प्रयास गरेको दाबी गर्दै भने, ‘खानेपानीजस्तो संवेदनशील क्षेत्रमा विगतमा पनि सहयोगको आग्रह गरिएको थियो । तर सरकारमा नहुँदा सांसदको एक सुको पनि बजेट थिएन । त्यसैले निजी सहयोगकर्ता र दानवीरको सहयोग खोज्दै केही गर्न सकेँ ।’
कार्यक्रममा दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले हाल ३ हजार ८०० निजी धाराबाट करिब २५ हजार जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया