काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन् ।
हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरी जेनजी आन्दोलनका कार्यकर्तामाथि दमन गरेको आरोप लगाउँदै उनले अर्याललाई पद त्याग्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय गृहमन्त्री’ भन्दै शहीदको रगत र जनताको आशा सम्झन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘जनताको भरोसा पूरा गर्न नसक्ने गृहमन्त्री पदमा बस्नु राष्ट्रप्रतिको अपमान हो ।’
गुरुङले भनेका छन्, ‘८४ को चुनाव ८२ मा सार्न यो आन्दोलन होइन, जनताको माग सम्बोधन नभए यसपालिको चुनाव हुन दिइने छैन ।’
प्रधानमन्त्री सुशीला कार्कीको ‘प्रिय पात्र’ बनेर अर्याल गृहमन्त्रीमा टिकिरहन नसक्ने दाबी गर्दै उनले आगामी दुई दिनपछि हुने पत्रकार सम्मेलनले अर्यालको राजनीतिक भविष्य निर्धारण गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया