वामदेव गौतमको प्रस्ताव : ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔँ’

लोकपथ
133
Shares

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बारम्बार सरकार परिवर्तन भइरहने वर्तमान संसदीय प्रणाली अस्थिर भएको बताउँदै यस्तो प्रणालीबाट देश अघि बढ्न नसक्ने तर्क गरे  ।

उनले भने, ‘सधैँ ६र६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने प्रणाली अन्त्य नगरेसम्म देश अगाडि बढ्न सक्दैन ।’ 

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने सुझाव दिए ।

नेता गौतमले भने, ‘यो शासन प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू भयो भने मात्रै देश अगाडि बढ्न सक्छ । मेरो विनम्र अनुरोध छ यो प्रस्ताव पारित गरिदिनुहोस्, यसलाई साथ दिन जनता तयार छन् ।’

त्यस्तै उनले पार्टीका नेताले हरेक वर्ष एक महिना श्रम शिविरमा काम गर्नुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?