काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ ।
जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पिंक र गाढा निलो (ब्लु) रङको संयोजन गरिएको छ, जसले टोलीको ताजगी र ऊर्जालाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।
दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेल र श्रीलंकाली लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।
आसिफ शेख टोलीका मार्की खेलाडी रहेका छन् भने टोलीको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिव नराइन चन्द्रपाल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया