नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

लोकपथ
399
Shares

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतीय पारीसँगै नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकालाई जितका लागि २७२ रनको  लक्ष्य दिएको छ ।

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो । 

नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्त्वपूर्ण पारी खेले । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए । 

अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै  जसदीप सिंह र शुभम रन्जानेले समान एक एक विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?