काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको दाबी गरेका छन् ।
रविको दल रास्वपाले गरेको ‘वृहत् राजनीतिक संवाद’ मा बोल्दै डा.भट्टराईले रविको प्रसंशा गर्दै बाहिरै रहेर उनीमाथिको मुद्दा हेर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले रविलाई बाहिर राखेर मुद्दा लड्ने वातावरण निर्माण गर्न सकिएमा मात्रै वैकल्पिक शक्तिहरु एक हुने र त्यसले अहिलेका राजनीतिक दलहरुको दबदबालाई भत्काउन सकिने दाबी गरे । साथै रविमाथि राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा समेत आफूले हस्ताक्षर गरेको बाबुरामको तर्क रहेको छ ।
हामी अलगअलग दलहरु छौँ । दलहरु निर्वाचनमा अलगअलग जान पनि सक्छौँ, रास्वपाका साथीहरुलाई हामी एक्लाएक्लै जानसक्छौँ भन्ने आधार पनि छ होला । ‘रविजीको करिम्याटिक लिडरशीप जुन स्थापित पनि छ, विशेष कारणले गर्दा उहाँ भित्र हुनुहुन्छ । उहाँमाथि अलिकति भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेकै हो । यसको अर्थ फेरि मैले चाँही क्लिनचिट दिनुपर्यो भन्न खोज्या होइन, अदालतले निर्णय गर्ने कुरा हो । तर उहाँलाई सफाइ दिनका लागि बाहिर आएर नै मुद्दा खेप्दाखेरि न्यायपूर्ण हुन्थ्यो भन्ने मलाई लागेकै हो,’ उनले भने, ‘बढी बोल्दा अप्ठेरो पर्ला तर मेरो आग्रह चाँही उहाँलाई कुनै ढंगले उहाँको मुद्दा बाहिरै बसेर लड्ने वातावरण बन्न सक्दा चाँही उहाँको जुन क्षमता प्रतिभा चाँही प्रस्फुटन हुनसक्थ्यो ।’
त्यतिमात्र होइन डा. भट्टराईले वर्तमान संविधानकै जगमा टेकेर अघि बढ्न समेत सुझाव दिए । उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई नै विश्वासमा लिएर निर्वाचनको बाटोमा जानुपर्नेमा उनको जोड रहेको छ ।
वर्तमान सरकारको कमीकमजोरी हटाउन पहल गर्नुपर्ने माग राख्दै उनले भने, ‘निर्वाचन त हामीले गर्नैपर्छ ।
कथङकदाचित निर्वाचन भएन भने अध्यारो स्थितिमा देश जान्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ, यसैलाई नै कमीकमजोरी छन् भने सुधार गर्न लगाऔँ र यसै मार्फत् नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्दछ ।’
नेपालमा कांग्रेस र कम्युनिष्टहरु ००७ सालदेखि नै जरो गाडेर बसेको र बदमासीहरु गरेको आरोप लगाए । साथै अहिलेको जेनजी आन्दोलनले कांग्रेस र कम्युनिष्टको जगलाई हल्लाइदिएको टिप्पणी गरे ।
यता जेनजी आन्दोलनको प्रसंशा गर्दै उनले आगामी दिनमा जेनजीको भावना अनुसार अघि बढ्नका लागि समेत आग्रह गरे ।
यो पनि…
रास्वपाले बोलाएको नयाँ शक्तिहरुको भेलामा बाबुरामदेखि रेशम चौधरीसम्म पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया