बालुवाटार वार्तामा जेनजी– ‘समयमा निर्वाचन होस्, सुशासनको पक्षमा सरकारले खुट्टा नकमाओस्’

लोकपथ
1.6k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन समयमै गराउने बारेमा जेनजी प्रतिनिधिहरुले आवाज उठाएको बताएका छन् ।

बुधबार साँझ बालवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी प्रतिनिधिहरुले सुशासन, भ्रष्टाचार नियन्त्रणबारे आफ्नो माग पूरा हुुनपर्ने धारणा राखेको जानकारी दिए । जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बारेमा पनि जेन जीहरुले मागहरु राखेका छन् ।

छलफल आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढी केन्द्रित रहेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले बताए ।

जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताए । अहिले जेनजी प्रतिनिधिहरुले बोल्ने क्रम सकिएको र राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखिरहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार जसलाई प्रधानमन्त्री सुशीला कार्कीज्युले नेतृत्व गरिरहनुभएको छ । उहाँको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबिच त्रिपक्षीय बैठक भएको हो । औपचारिक रुपमा पहिलो बैठक सरकारले आयोजना गरेको हो । यसको मुख्य उद्देश्य भनेको चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने सन्दर्भमा र यसभित्र पनि चुनावको कुरालाई बढी लक्षित गरी छलफल भएको छ । अबको बाटो कसरी अघि बढ्ने, सबै सँगै मिलेर कसरी अघि बढ्ने, कसरी समझदारी गर्ने, कसरी मिलापको वातावरण निर्माण गर्ने भन्नेमा छलफल भएको छ । अहिले जेनजीका प्रतिनिधिहरुले बोल्ने क्रम सकिएको छ, राजनीतिक दलका नेताहरुले बोल्ने क्रम जारी छ ।’

उनले आन्दालनको क्रममा उठेका मागहरुको सम्बोधन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्ने माग जेन जी प्रतिनिधिहरुले राखेको बताए । निर्वाचनको समर्थन गर्दै सुशासनको सुनिश्चितताको माग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?