मुस्ताङ । सशस्त्र प्रहरी बल नेपाल नं.३३ गुल्म मुस्ताङअन्तर्गतको सुरक्षाफौजले मुक्तिनाथ मन्दिरतर्फ जाने बाटोमा परेको हिउँ पन्छाउन सुरु गरेको छ ।

गएरातिदेखि परेको लगातार हिउँका कारण जोमसोम-मुक्तिनाथ खण्डको विभिन्न स्थानमा बाटो अवरुद्ध भएपछि सुरक्षाफौजका टोलीले बिहीबार बिहानैदेखि हिउँ पन्छाउन सुरु गरेको हो ।

सुरक्षाफौजले यात्रु र तीर्थयात्रीलाई सहज आवागमन होस् भन्ने उद्देश्यले जोमसोमदेखि मुक्तिनाथसम्मको मुख्य सडकखण्डमा हिउँ पन्छ्याउँदै बाटो खुलाउने कार्य निरन्तर गरिरहेको जनाएको छ । प्रहरीका अनुसार हिउँका कारण सवारी साधन आवतजावतमा कठिनाइ भए पनि अहिले अधिकांश भागमा बाटो सञ्चालनयोग्य बनाइएको छ ।

सुरक्षाफौजले स्थानीय प्रशासनसँग समन्वय गर्दै आवागमन सहज बनाउन थप जनशक्ति र उपकरण परिचालन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया