काभा कप पुरुष भलिबल : नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित 

लोकपथ
119
Shares

काठमाडौं । सेन्ट्रल एशिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलंकासँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ । 

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौँ स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र  बंगलादेशसँग पराजित भएको थियो । आज नेपाल श्रीलंकासँग पहिलो सेट १८-२५ ले पराजित भयो भने दोस्रो सेट, १७-२५ तथा तेस्रो सेट २०-२५ ले गुमायो ।

सेन्ट्रल एशियाका ६ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले पाँचौँ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?