आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज अमेरिकासँग खेल्दै

लोकपथ
1.5k
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे खेल सुरु हुनेछ।

हाल नेपाली टोली उत्कृष्ट लयमा रहेको छ। हालै सम्पन्न टी-२० विश्वकप छनोट प्रतियोगितामा उपाधि जितेको उत्साहका साथ टोली युएई पुगेको हो । त्यसैले आजको खेलमा अमेरिकाविरुद्ध नेपालले कडा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

लिग–२ का बाँकी खेलहरूमा जित निकाल्नुपर्ने दबाब पनि नेपालमाथि छ । अहिलेसम्म नेपालले १६ खेल खेलेर १२ अंक मात्र जोड्न सकेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ।

यस सिरिजमा नेपालले अमेरिका र युएई दुवैसँग दुई–दुई खेल खेल्नेछ । ओमानमा सम्पन्न टी-२० छनोट प्रतियोगितापछि नेपाली टोली सोही बाटो हुँदै युएई पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?