काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँग गम्भीर दुश्मनी रहेको आरोप लगाएका छन् ।
बुधबार जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमाथि असन्तोष व्यक्त गरे ।
अध्यक्ष ओलीले सरकारले आन्दोलनमा संलग्न आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही नगरेको र विदेशी आन्दोलनको बीजारोपणमा लागिरहेको बताए । उनले भने, ‘सरकारले आन्दोलनका पीडितलाई न्याय दिनुको सट्टा मेरो विरोधमा दुस्मनी गर्दैछ। लुटपाट गर्नेहरू वरपरकै थिए, तर पक्राउ हुने अवस्था छैन । पक्राउ परेकालाई पनि छोडिएको छ।’
ओलीले सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नमा नरहेको आरोप पनि लगाए । उनका अनुसार जेनजी पुस्ताका अगुवाहरूमार्फत आफ्ना नेताहरूलाई दबाब दिने र पक्राउ गराउने प्रयास सरकारमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया