काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटपछि ध्वस्त बनेको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् ।
यो जेनजी आन्दोलनपछिको पहिलो पटक हो, जब ओली आफ्नी श्रीमती राधिका शाक्यसहित निवासमा पुगेका हुन् । यसअघि पत्नी राधिका शाक्य मात्र निवास पुगेर क्षतिको अनुगमन गरिसकेकी थिइन् । सुरक्षा जोखिमका कारण ओली पहिले निवासमा पुगेका थिएनन् ।
प्रत्यक्षदर्शीका अनुसार, आगजनीका क्रममा निवासमा रहेका धेरै पुस्तकलगायत अध्ययन सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । श्रीमती राधिका शाक्यले राज्यलाई दिने उद्देश्यले राखिएको पुरातात्त्विक महत्वका धेरै सामग्री पनि आगोले नष्ट भएको बताइन् ।
ओलीले यसअघि मृत्यु पूर्व सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरिसकेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया