काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।
प्रहरीले पछिल्लो पटक सोमबार गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङलाई पक्राउ गरेको हो । उनी हाल काठमाडौंको धुम्बाराहीमा बसोबास गर्दै आएका छन् ।
गुरुङ अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तिहार बिदाका कारण उनको म्याद थप भएको छैन । बिदा सकिनासाथ म्याद प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो ।
सोही घटनासँग सम्बन्धित दुई भने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
कारागार चलान हुनेमा काभ्रेको रोशी गाउँपालिका–९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरस्थित थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौंको चन्द्रागिरिमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया