काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आफूलाई दम्भी र अहंकारी भनेकोप्रति कटाक्ष गरेका छन् ।
आइतबार एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको ‘केपी शर्मा ओलीको संवाद’ को संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उपस्थित सम्पादकहरुले अन्य दलका शीर्ष नेताहरुले आत्मालोचना गरिसकेको तर ओलीले जेनजी आन्दोलनप्रति कटाक्ष गरिरहेको भन्दै प्रश्न गरेका थिए । ओलीले सम्पादकहरुको प्रश्नमा आफू दम्भी र अहंकारी नभएको बरु आफूले सत्य बोल्दा दम्भी र अहंकारी भनेको टिप्पणी गरे ।
‘कतिपयले अझै हेर त दम्भ, अहंकार भनिरहनुभएको छ । यो अहंकार र दम्भ होइन होइन, सत्य बोल्ने बानी छ,’ उनले भने ।
त्यस्तै आफूले देश र जनताप्रति बफादारी तबरले काम गरेकोप्रति अन्य व्यक्तिहरुलाई मन नपरीरहेको टिप्पणी गरे ।
‘कसैलाई मन परे पनि नपरे पनि यस देशप्रति मेरो बफादारीता छ । यस देशको नागरिक प्रति मेरो बफादारीता छ । मानव जातीप्रति मेरो बफादारीता छ,’ उनले भने ।
त्यस्तै जेनजी आन्दोलनप्रति आफ्नो समर्थन रहेको बताए । साथै आफूलाई असफल बनाउनकैका लागि विभिन्न शक्तिहरु लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया