काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ ।
सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो ।
जेनजी आन्दोलन पूर्व कोसी प्रदेशबाट सुरु भएको क्यानको ट्रफी परेड कार्यक्रम अन्तर्गत शनिबार मधेसको राजधानी जनकपुरधाम आइपुगेको छ ।
एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चना पश्चात सुरु भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ ।
मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरूमा पनि पठाइनेछ । परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया