मैले कल्पना गरेको मेरो देश नेपाल

लोकपथ
98
Shares

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिकरूपले विविधतायुक्त राष्ट्र हो । हाम्रो देश नेपाल हिमालयको फेदमुनि अवस्थित छ । जसलाई देवभूमि पनि भनिन्छ । यदि विश्वमा प्रलय भएर संसार ध्वस्त भयो भने वा विश्वका मानिसहरू सखाप भए भने तिमीहरू बाँच्नुपर्छ भनेर नेपाल र नेपालीलाई देवी देवता, भगवानहरुले आशीर्वाद, वरदान दिएको किम्बदन्ती छ । हाम्रो देश नेपाल प्राकृतिक रूपले सम्पन्न, पूर्ण छ र धर्तीको स्वर्गको टुक्राको रूपमा पनि हेरिन्छ । त्यसैले नेपाल हिमालयको स्वर्ग हो । देश सुन्दर बनाउन, मन पनि सुन्दर हुनुपर्दछ ।

यद्यपि सुन्दरताको बयान गर्न सजिलो छैन । सुन्दरताको सीमा पनि हुँदैन । सुन्दरताको बयान गर्दा नेपालको प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन ।

देश सुन्दर हुनका लागि तीनवटा तत्व अनिवार्य छन् । पहिलो हो– देशको प्रकृति, दोस्रो हो– संस्कृति र तेस्रो हो– परिवेश । यसका साथै शान्ति, आत्मीयता, सौहार्दता, प्रेम, करुणा र मुदिता देशका सुन्दरताका सूचकहरू हुन् । विभिन्न देशका पूर्वराजदूतहरूले नेपालको सुन्दरता देखेर भनेका छन्– यस्तो सुन्दरता संसारमा कतै पाइँदैन । विश्वका हरेक देशले आ–आफ्ना आवश्यकता र औचित्यका आधारमा विकास गरेका छन् । कला, संस्कृति, सभ्यता र संस्कार नै देशको मौलिक पहिचान हो । आफ्नो मूल आवश्यकता के हो र गौण के हो भन्ने कुरा पहिले नै छुट्यायाएर देश विकासको खाका निर्माण गर्ने गरेमा त्यो दिगो र सफल हुन्छ । अरूको देखासिकीमा गरेको कामले आफ्नो आवश्यकताको पूर्ति गर्दैन । भौगोलिक आवश्यकता, नागरिकको चेतना एवं क्षमताको स्तरले पनि विकासको गतिलाई प्रभावित पार्न सक्दछ ।

नेपाललाई समृद्ध, सु–शासन र विकासोन्मुखतर्फ लैजान निम्न कुराहरू गर्न सकिएमा धेरै लाभदायक, फलदायी र प्रभावकारी हुन सक्दछ ।

राजनीति

मुलुकको मुख्य नीति नै राजनीति हो । देशले विकासको गति लिनलाई सबैभन्दा पहिला त्यो देशको राजनीति स्थिरता हुन जरुरी छ । विश्वका सबैजसो देश अगाडि बढेको, विकास भएको असल स्वच्छ राजनीतिबाटै हो । राजनीति मुलुकको राज्य व्यवस्थालाई अगुवाइ गर्ने सशक्त माध्यम हो । देशलाई समृद्ध र विकासोन्मुख बनाउनका लागि स्वस्थ, योग्य र क्षमतावान युवाहरूले देशको बागडोर सम्हाल्न सामथ्र्य राख्नुपर्दछ । सबै राजनीतिक दलहरूले युवाहरूलाई प्रोत्साहन र पार्टी पुस्तान्तरणको योजना बनाउनुपर्दछ । सबै राजनीतिक नेतामा स्टेट्सम्यान (राजनेता) मा हुनुपर्ने गुण हुनुपर्दछ । नेपालको राजनीतिक दलहरूले बदलिँदो विश्व भू–राजनीतिलाई बुझेर सन्तुलन गर्नतर्फ सामथ्र्य राख्नुपर्दछ ताकि देशमा राजनीतिक स्थिरता कायम रहन सकोस् । राजनीतिक विचारहरू ध्रुवीकरण गरेर प्रजातान्त्रिक विचारधारा र कम्युनिस्ट विचारधारामा कित्ताकाट गरिनुपर्दछ । जसले संसदीय अंक गणितको खेल सदाको लागि समाप्त गर्न, देशमा बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्न र राजनीतिक स्थिरता स्थापित गर्नमा पनि भूमिका खेल्न सक्छ ।

निर्वाचन

राजनीतिक स्थायित्व/स्थिरताको लागि २०७२ को संविधान पुनरावलोकन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुनिने नीति नियम बनाउनु पर्दछ । त्यस्तै उपराष्ट्रपति पद खारेज, संघीयता खारेज वा तीन वटा मात्र प्रदेश (प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री, प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्ने), राष्ट्रिय सभालाई पूर्ण समानुपातिक वा विषयगत विज्ञताको प्राज्ञिक थलो बनाउने र राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनुपर्दछ ।

स्थानीय तहको संख्या घटाउने र वडाको संख्या बढाउने, स्थानीय तहदेखि प्रदेश, संघीय चुनावको मिति एकै दिन हुनुपर्दछ र निर्वाचनमा विद्युतीय मतदानको व्यवस्था गर्नुपर्दछ जसले गर्दा विश्वभर रहेका नेपालीहरूले आफ्नो मतदान अधिकार प्रयोग गर्न पाउनेछन् र देशको आर्थिक भारमा पनि कम हुन मद्दत गर्दछ । अथवा निष्पक्ष पूर्ण समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली वा समानुपातिक प्रणाली सतप्रतिशत खारेजसहित प्रदेश सभामा ५ प्रतिशत थ्रेसहोल्ड कायम गर्ने र प्रतिनिधिसभा निर्वाचनमा १० प्रतिशत थ्रेसहोल्ड कायम गर्ने, वैदिक सनातन धर्मसहितको संविधान हुनुपर्दछ ।

शिक्षा एक जरा हो जसमा जीवन फलदार वृक्ष बन्छ । शिक्षाको पूर्णता नैतिक शिक्षा बिना सम्भव छैन । त्यसैले नेपालमा आजको आवश्यकता र समयको माग हो, नैतिक शिक्षा । हाम्रो देश नेपालमा नयाँ पाठ्यक्रम लागू गर्ने नाममा रैथाने र परम्परागत शिक्षालाई पश्चिमा शिक्षाको नक्कल गरी निमिट्यान्न पारिएको छ ।

त्यस्तै राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक मात्र बन्न पाउने, सांसद र मन्त्रीहरू तीन पटक मात्र बन्न पाउने र सांसदहरू मन्त्री बन्न नपाउने नियम हुनुपर्दछ । त्यस्तै समानुपातिक सांसद पनि मन्त्री बन्न नपाइने नियम हुनुपर्दछ । हरेक जिल्लाको निर्वाचन क्षेत्रको ५० प्रतिशत सिट महिला, दलित, जनजाति, अपांग, सीमान्तकृत वर्गहरूको लागि छुट्याउनु पर्दछ ।

– सांसद बन्नलाई शैक्षिक योग्यताको नियम कायम गर्नुपर्दछ र कम्तीमा पनि कुनै विषयमा स्नातकोत्तर गरेको हुनुपर्दछ ।

– यदि स्थानीय तह, प्रदेश र संघीय प्रतिनिधिहरू केही कसुरमा दोषी ठहरिएका र बेरुजु बाँकी राखेकाहरूलाई जीवनभरि राजनीतिमा पाइला टेक्न नपाउने नियम बनाएर कार्यान्वयन गर्नुपर्दछ । र, कुनै पनि अपराध प्रमाणित भएका वा अभियोग लागेकाहरूलाई कुनै पनि तहको निर्वाचनमा टिकट नदिने नीति नियम हुनुपर्दछ ।

– एकपटक चुनाव हारेपछि र एकपटक समानुपातिक कोटामा परेपछि अर्कोपटक उम्मेदवार बन्न नपाइने नियम हुनुपर्दछ ।

– हरेक तहको उम्मेदवारहरू स्वच्छ नेपाली नागरिक भएको र विगतमा पनि विदेशी नागरिकता नलिएको हुनुपर्दछ ।

– पार्टी अध्यक्ष वा सभापति प्रधानमन्त्री वा मन्त्री बन्न नपाउने नियम हुनुपर्दछ ।

– हरेक तहको निर्वाचनको उम्मेदवार बन्नलाई उमेर हदबन्दी लागू हुनुपर्दछ र ५५ वर्षपछि सांसद्, मन्त्री, राष्ट्रपति र प्रधानमन्त्री बन्न नपाउने नियम हुनुपर्दछ ।

– स्थानीय तहका उम्मेदवारहरू जस्तै नगरप्रमुख, वडाध्यक्ष, वडा सदस्यहरू सम्पूर्ण गैर–राजनैतिक दलहरूबाट हुनुपर्दछ किनकि स्थानीय तह राजनीति गर्ने ठाउँभन्दा पनि आम नागरिकहरूको दैनिकी र समस्याहरूसँग प्रत्यक्ष जोडिएको हुन्छ ः जस्तै जन्मदर्तादेखि मृत्युदर्तासम्म ।

– संघीय संसद्को संख्या १०० र राष्ट्रिय सभामा २५ जना मात्र हुनुपर्दछ र सांसदहरू हरेक जिल्लाबाट कम्तीमा पनि १ वा २ वटा प्रतिनिधि सभामा र प्रदेश सभामा २ वा ४ वटा मात्र हुने प्रावधान हुनुपर्दछ ।

– एउटै दलमा नेतृत्व दुई पटक वा १० वर्ष मात्र हाँक्न पाउने व्यवस्था हुनुपर्दछ र बाचुन्जेल अध्यक्ष वा सभापति हुन खोज्नेलाई पार्टीको साधारण सदस्यसमेत नहुने गरी पार्टीबाट निष्कासन गरिनुपर्दछ ।

– निर्वाचन जितेपछि सांसदहरू नीति नियम बनाउनमा मात्र तल्लीन हुनुपर्दछ र बाँकी समय आफ्नो निर्वाचन क्षेत्रका जनताहरुको समस्याहरू हल गर्नमा व्यतीत गर्नुपर्दछ ।

– सबै तहका जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघिको र कार्यकाल सकिएपछिको सम्पत्ति अनिवार्य सो गर्नुपर्ने र सबै तहका जनप्रतिनिधिहरूले राजनीतिलाई पेसा नभई स्वयंसेवकका रूपमा लिनुपर्दछ ।

– राजनीतिक दलहरूले आफ्नो चुनावी एजेन्डाहरूको खाका तयार बनाएर सञ्चार माध्यमहरूलाई दिनुपर्दछ र राजनीतिक दलहरूलाई चुनावी प्रचारप्रसारको लागि मैदानमा जान बन्देज लगाउनुपर्दछ र सम्पूर्ण चुनावी प्रचारहरू आधिकारिक सञ्चारमाध्यमहरूले मात्र गर्न पाउने नियम हुनुपर्दछ ।

– सरकारको क्याबिनेटमा मन्त्रीहरू छान्दा देश, समाजलाई योगदान पुर्‍याएका व्यक्तित्वहरू र कुनै पनि कसुरमा दोषी नठहरिएकालाई प्राथमिकता दिनुपर्दछ र कम्तीमा पनि सरकारको क्याबिनेटमा १०–१२ जना मन्त्रीमण्डल मात्र हुनुपर्दछ । क्याबिनेटका मन्त्रीहरू छान्दा सम्बन्धित मन्त्रालयअन्तर्गत विज्ञता हासिल गरेकाहरूलाई छान्नुपर्दछ जस्तै :

रक्षामन्त्री : पहिले प्रहरी, सेनाहरूमा काम गरेको अनुभव भएको हुनुपर्ने र देशभक्त, निडर र कमान्ड गर्न सक्ने क्षमता भएको हुनुपर्दछ ।

परराष्ट्रमन्त्री : परराष्ट्र नीति नियम सम्बन्धी ज्ञान भएको, कूटनीतिक अनुभव र अन्तर्राष्ट्रिय सम्बन्ध र डिप्लोमेसी विषयमा स्नातकोत्तर गरेको हुनुपर्दछ ।

अर्थमन्त्री : अर्थमन्त्री पनि नेपालमै अर्थशास्त्र पढेको र नेपाल, नेपाली समाज, नेपालीहरूको आर्थिक स्थिति राम्रोसँग बुझेको, भिजेको व्यक्ति हुनुपर्दछ ।

स्वास्थ्यमन्त्री : स्वास्थ्यमन्त्री बन्नलाई स्वास्थ्य क्षेत्रको ज्ञान, विज्ञता भएको र नेपालको स्वास्थ्य क्षेत्रको धरातल, स्थितिहरू राम्रोसँग बुझेको चिकित्सक वा स्वास्थ्यकर्मी हुनुपर्दछ ।

गृहमन्त्री : प्रशासनिक नीति नियमसम्बन्धी ज्ञान भएको र विगतमा प्रशासन हाँकेको अनुभव हुनुपर्दछ ।

भौतिक पूर्वाधार मन्त्री : इन्जिनियर पढेको र विकाससम्बन्धी ज्ञान भएको हुनुपर्दछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ः सूचना र प्रविधिको क्षेत्रको ज्ञान, अनुभव र डिजिटलाइजेसनसम्बन्धी ज्ञान भएको भएको हुनुपर्दछ ।

कानुन मन्त्री : कानुनसम्बन्धी ज्ञान भएको र कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्दछ ।

युवा तथा खेलकुद मन्त्री : पूर्व खेलाडी हुनुपर्ने र खेलसम्बन्धी सम्पूर्ण ज्ञान, विचार, विज्ञता भएको हुनुपर्दछ ।

शिक्षामन्त्री : नेपालमै सरकारी विद्यालय पढेको हुनुपर्ने र नेपालमा शैक्षिक क्षेत्रहरूको धरातल, स्थितिहरूको बारेमा ज्ञान भएको हुनुपर्दछ ।

कृषिमन्त्री : कृषिसम्बन्धी सम्पूर्ण ज्ञान भएको र कृषि विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने र नेपालको रैथाने कृषिको ज्ञान भएको हुनुपर्दछ ।

श्रम मन्त्री : पहिले लेबर काम गरेको व्यक्ति वा धेरै कामसम्बन्धी अनुभव बटुलेको व्यक्तिलाई बनाउनु पर्दछ । र, यदि अरू मन्त्रीमण्डल विस्तार गर्नुपरेमा विज्ञताको आधारमा नै चयन हुनुपर्दछ ।

शिक्षा : शिक्षा एक जरा हो जसमा जीवन फलदार वृक्ष बन्छ । शिक्षाको पूर्णता नैतिक शिक्षा बिना सम्भव छैन । त्यसैले नेपालमा आजको आवश्यकता र समयको माग हो, नैतिक शिक्षा । हाम्रो देश नेपालमा नयाँ पाठ्यक्रम लागू गर्ने नाममा रैथाने र परम्परागत शिक्षालाई पश्चिमा शिक्षाको नक्कल गरी निमिट्यान्न पारिएको छ । नैतिक शिक्षालाई पूर्ण रूपमा बेवास्ता गरिँदा शिक्षाले आमनागरिकलाई निष्ठा र सदाचारयुक्त मानव बनाउन सकेन भन्ने गरिन्छ, जसमा सत्यता पनि छ ।

– प्रधानमन्त्री विश्वविद्यालयकाको कुलपति हुने कानुनी व्यवस्था नै खारेज गर्नु पर्छ । जसले शैक्षिक क्षेत्रमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप कम भएर, शैक्षिक क्षेत्रको सुधारमा आमूल परिवर्तन आउन सक्छ ।

– प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने व्यवस्था गरिनुपर्दछ ।

– शिक्षामा राजनीतिकरण अन्त्य हुनुपर्दछ र हस्तक्षेप हुनु हुँदैन । नेपाली समाजअनुसारको शिक्षामा पुनर्विचार हुनुपर्दछ ।

– प्राज्ञिक ओज भएका योग्य र खुल्ला प्रतिस्पर्धाबाट डाइरेक्टर, उपकुलपति, रेक्टर, रजिस्ट्रार नियुक्ति हुनुपर्दछ ।
– वार्षिक शैक्षिक क्यालेन्डर बनाउनुपर्ने र क्यालेन्डरअनुसार समयमै परीक्षा, परीक्षाफल र अन्य कार्यहरू सम्पन्न हुनुपर्दछ ।

– त्यस्तै नेपालको इतिहास, धर्म, संस्कृतिहरूकोबारे पाठ्यक्रममा समावेश हुनुपर्दछ ।

– लोकसेवाको दरबन्दी हरेक वर्ष बढाएर वार्षिक क्यालेन्डरअनुसार नियमित परीक्षाहरू सञ्चालन हुनुपर्दछ ।
– संस्कृत विद्यालय, विश्वविद्यालयहरूलाई पनि प्राथमिकता दिनुपर्दछ ।

– समयसँगै शिक्षालाई पनि परिमार्जित गर्दै आधुनिक तथा वैज्ञानिक शैक्षिक प्रणाली लागु गर्दै बजार उन्मुख पनि बनाउनुपर्दछ ।

– हाम्रो देशको पहिलो, ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयलाई विश्वविख्यात हार्वर्ड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय जस्तै बनाउन वातावरण गराउन कोसिस गर्नुपर्दछ ताकि विदेशी विद्यार्थीहरू पनि नेपालमा पढ्न उत्साहित लालायित हुन सकुन् ।

– शिक्षामा समालोचनात्मक दृष्टिकोणको विकास हुन जरुरी छ ।

– त्यसैले कार्यगत योजना बनाई विद्यमान शैक्षिक प्रणालीलाई विश्वस्तरको बनाएनौँ भने इतिहासको पानामा हामी सीमित हुनेछौँ ।

स्वास्थ्य

हरेक वडामा एकजना एमडिजिपि चिकित्सकसहित एउटा प्राथमिक स्वास्थ्य केन्द्र, हरेक जिल्लामा क्षयरोग सेन्टर, सर्पदंश केन्द्र र आधुनिक, व्यवस्थित जिल्ला अस्पतालसहित पर्याप्त मात्रामा अति आवश्यक औषधिहरू र औषधिजन्य उपकरणहरू र पर्याप्त मात्रामा चिकित्सक, स्वास्थ्यकर्मीहरू र अन्य स्वास्थ्य जनशक्तिहरू हुनुपर्दछ र हरेक प्रदेशमा, प्रदेशअन्तर्गतका जिल्लाहरूलाई अनुकूल पर्ने गरी क्यान्सर सेन्टर, हृदय केन्द्र, सरुवा तथा संक्रामक रोगको अस्पताल, बाल अस्पताल, जेरियाट्रिक अस्पताल र कम्तीमा पनि तीनवटा मेडिकल कलेजहरू सञ्चालन हुनुपर्दछ र त्यसअन्तर्गत दुईवटा सरकारी र एउटा प्राइभेट मेडिकल कलेज स्थापना गर्नुपर्दछ । राजमार्गलाई मध्यनजर गरेर ट्रमा सेन्टर स्थापना गर्नुपर्दछ ।

हामी योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवद्र्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रूपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (वल्र्ड पिस सेन्टर)को रूपमा विकास गर्ने संकल्प गर्नतर्फ लाग्नुपर्दछ ।

– हजारौँ बिरामीको ज्यान जोगाउन रातदिन नभनी खट्ने चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई राज्यले उचित सुरक्षा र पारिश्रमिक दिने नीति नियम बनाएर कडा रूपमा कार्यान्वयन गर्नुपर्दछ । जस्तै ‘व्ब्क्ष्ी ध्क्ष्त्ज्इग्त् द्यब्क्ष्ी’

– वार्षिक क्यालेन्डर बनाएर त्यहीअनुसार हरेक जिल्लाको वडा वडामा घुम्ती स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्दछ ।

– हरेक जिल्लामा प्राकृतिक विपद् वा आपतविपत पर्दा चाहिने स्वास्थ्य जनशक्तिहरूको ‘स्टाफिङ मोडेल’ बनाएर तयारी अवस्थामा राख्नुपर्दछ ।

– हरेक तहमा गुणस्तरीय स्वास्थ्य सेवाहरूको पहुँच बढाएर स्वास्थ्य जनशक्ति पनि त्यही अनुपातमा वृद्धि गर्नुपर्दछ ।

– लोकसेवाको दरबन्दी बढाएर वार्षिक क्यालेन्डरअनुसार नियमित परीक्षाहरू सञ्चालन हुनुपर्दछ ।

– हस्पिटलहरूका डाइरेक्टर, उपकुलपति, रेक्टर, रजिस्ट्रारहरू राजनीतिक नियुक्तिबाट हुनु हुँदैन । योग्यताको आधारमा नियुक्ति हुनुपर्दछ ।

– चिकित्सक स्वास्थ्यकर्मीहरूले पढिसकेपछि जागिरको लागि भौँतारिन नपर्ने गरी विद्युतीय रेकर्ड सिस्टम हुनुपर्दछ । जसअन्तर्गत चिकित्सक, स्वास्थ्यकर्मीहरूले जागिरको लागि प्रत्यक्षरुपमा स्वास्थ्य मन्त्रालयको वेबसाइटमा निवेदन दिन सक्ने र त्यहाँबाट जागिरको भ्याकेन्सीहरू कतै खुलेको छ कि छैन, आवेदकले प्रत्यक्ष हेर्न पाउने व्यवस्था गर्नुपर्दछ र जसले गर्दा जागिरको लागि निवेदन दिन सजिलो र निष्पक्ष हुन मद्दत पनि गर्नेछ । यसो गर्दा स्वास्थ्य जनशक्तिहरू जस्तै चिकित्सक, स्वास्थ्यकर्मीहरू र अन्य स्वास्थ्य जनशक्तिहरूको ताजा ज्ञान, ऊर्जा, क्षमता, अनुभवहरूलाई देशले पनि भरपुर उपयोग गर्न सक्दछ र ब्रेन ड्रेनमा पनि कमी ल्याउन मद्धत गर्दछ ।

– योग्यताअनुसारको जागिर, स्वास्थ्य बिमा र जटिल रोगहरूजस्तै क्यान्सर, मिर्गौला रोग, अल्जाइमर्स रोग, पार्किङसोनिजम रोग, पक्षाघात, सिकल सेल एनिमिया, टाउको र मेरुदण्डको इन्जुरी… लगायत रोगहरूको उपचार पद्धति पूर्ण निःशुल्क हुनुपर्दछ ।

– सरकारी अस्पताल, स्वास्थ्य चौकीहरूलाई बढी प्राथमिकता राखेर सेवाहरू चुस्त दुरुस्त बनाउनुपर्दछ ।

– स्वास्थ्य शैक्षिक कार्यक्रमहरूमा कोटा सिस्टम वा आरक्षण प्रणाली पूर्ण रूपमा हटाउनुपर्दछ । जसले गर्दा आम जनमानसमा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य स्वास्थ्य जनशक्तिहरूप्रति सकारात्मक दृष्टिकोण विकास हुन सक्छ र स्वास्थ्य उपचारको गुणस्तर उचाइमा पुर्‍याउन पनि मद्दत गर्दछ । किनकि स्वास्थ्य क्षेत्र एउटा संवेदनशील क्षेत्र हो, जसले मानिसको जीवनसँग प्रत्यक्ष डिल गर्ने गर्दछ ।

– सकेसम्म मिल्छ भने केन्द्रीय सरकारले हरेक स्थानीय तहहरूसँग समन्वय गरेर देशैभरि रहेका सम्पूर्ण नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा इलेक्ट्रिक हेल्थ रेकर्ड सिस्टम लागु गर्नुपर्दछ । ताकि कहिलेकाहीँ एक्लै भएको बेलामा बिरामी भएपछि उसको साथमा कोही नभए पनि उसको नाम हेल्थ रेकर्ड सिस्टममा हेरेपछि विगतमा केही रोग निदान भएको छ कि छैन वा कुनै औषधि सेवन गरिरहेको थाहा पाउन र उपचार पद्धति छिटो भन्दा छिटो सुचारु गर्न सकिन्छ र यसले बिरामीको ज्यान बचाउनमा पनि धेरै मद्दत गर्नेछ ।

– समावेशी स्वास्थ्य प्रणालीको आधार कार्यान्वयन हुनुपर्दछ ।

अख्तियार प्रमुख

अख्तियार प्रमुख प्रत्यक्ष निर्वाचित जनताद्वारा हुनुपर्दछ र कुनै राजनीतिक पार्टीको सदस्य नभएको हुनुपर्ने, पदअनुसारको शैक्षिक योग्यता, पूर्ण नेपाली नागरिक हुनुपर्ने, विगतमा विदेशी नागरिकता लिएको नहुनुपर्ने र कुनै कसुरमा पनि दोषी ठहरिएको नहुनुपर्ने छ ।

कर्मचारीतन्त्र

नेपालका कर्मचारीहरू जनताहरूको सेवाको लागि बफादार हुनुपर्दछ र जागिर सुरु गर्नुभन्दा अघिको सम्पत्ति र सेवानिवृत्त भएपछि सम्पत्ति सो गर्नुपर्दछ । कुनै राजनीतिक दलको सदस्य भएको हुनुहुँदैन । देश बिगार्न कर्मचारीतन्त्रहरूको पनि ७० प्रतिशत हात छ भन्दा खासै फरक नपर्ला ।

राजदूत नियुक्ति

राजदूत भनेको देशको परराष्ट्र सम्बन्धको ऐना र आवाज हो । सिंगो मुलुक र सरकारको विश्वासको प्रतीक हो । यस्तो ऐना जति सङ्लो, सफा र सुग्घर हुन्छ, त्यहीअनुरूप मुलुकको अनुहार, आवाज र विश्वास परिलक्षित र प्रतिबिम्बित हुने हो । परराष्ट्र नीति सम्बन्धको बारेमा ज्ञान, विज्ञता र अनुभव भएका व्यक्तिलाई नियुक्ति गर्नुपर्दछ र कम्तीमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध र डिप्लोमेसीमा स्नातकोत्तर गरेको हुनुपर्दछ ।

निष्पक्ष कानुन

जुनै गल्ती, कसुरअनुसार दोषी ठहरिएमा सबैलाई कानुनबमोजिम समान सजाय दिनुपर्दछ । दोषी ठहरिएर जेल जीवन बिताउनुपर्नेहरूलाई देश विकासको कार्यमा श्रम गर्न लगाउनु पर्दछ ताकि अर्कोपटक गल्ती गर्ने चेष्टा नगरुन् ।

पूर्वाधार विकास

– सडक, पुल र विमानस्थलहरू भविष्यलाई मध्यनजर गरेर र आवश्यकताअनुसार छिमेकी जिल्लाहरूलाई पनि अनुकूल पर्ने ठाउँमा र कम्तीमा पनि ४०–५० वर्षसम्म टिक्ने खालको निर्माण गर्नुपर्दछ ।

– हरेक प्रदेशमा शिक्षा, स्वास्थ्य सेवाहरूको पहुँच राम्रो हुनुपर्दछ र सानो कामको लागि पनि संघीय राजधानी धाउने वातावरण अन्त्य हुनुपर्दछ । जस्तै अस्पताल, स्कुल, विश्वविद्यालय, प्रशासनिक कामहरूको लागि ।

– देशलाई आत्मनिर्भर बनाउनलाई स्वदेशमै कलकारखाना र आविष्कार केन्द्रहरू खोलिनुपर्दछ र खोलिएकाहरूलाई जस्तै महावीर पुनको आविष्कार केन्द्र, सन्दुक रुइतको आँखाको लेन्स आविष्कार केन्द्रलाई वार्षिक उचित बजेट र प्रोत्साहन गर्नुपर्दछ ।

– दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधनहरूको निर्माण पनि नेपालमै हुनुपर्छ ।

कृषि

– सरकारले रैथाने खेतीपातीमा जोड दिन नीतिगत कार्य योजना बनाउनु पर्दछ ।

– जल, जमिन र जंगलबाट उपलब्ध भइरहेका प्राकृतिक स्रोतहरूको सदुपयोग गरेर मोहर कमाउने सीपको विकास गरिनुपर्दछ ।

नेपालले हाल अवलम्बन गरेको कृषि विकास रणनीति सन् २०१५–२०३५ अक्षरशः लागु गर्न सकेमा कोशेढुंगा साबित हुनसक्छ । यसको समग्र उद्देश्यमा खाद्य र पोषण सुरक्षा, गरिबी न्यूनीकरण, प्रतिस्पर्धात्मकता, ग्रामीण घर परिवारको उच्च र समतामूलक आम्दानी र किसानको अधिकारलाई सुदृढ पार्ने पाँच आयाम समावेश छन् । राष्ट्रिय अनुकूलन योजना २०२१–२०५० नेपालमा कृषिमा दिगोपन अपनाउन तथा कृषि क्षेत्रलाई एकीकृत विकास गर्न महत्वपूर्ण छ ।

प्रस्तावित परियोजनाले नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको बुझाइ बढाएर र सबै तहमा कृषि क्षेत्रभित्रको योजना र बजेट प्रक्रियामा जलवायु परिवर्तन जोखिम व्यवस्थापनलाई एकीकृत गरी क्षमताको कमीलाई सम्बोधन गर्न खोज्नु पर्दछ र किसान र बजारबीचको बिचौलियालाई निरुत्साहन गर्न किसानलाई किसान कार्डको व्यवस्था गर्नु पर्दछ । गाउँमै मल पाउने व्यवस्थादेखि सिँचाइ सुविधा र उत्पादनलाई उचित बजारसम्म पुर्‍याउने विषयमा राज्यले दृढताका साथ काम अघि बढाउनुपर्दछ । राज्यले हरेक बालीनालीमा अनुदानको व्यवस्थाका लागि आवश्यक पहल कदमी लिनुपर्दछ । आजभोलि अत्याधिक रासायनिक मल प्रयोगले माटोको गुण, बनावटमा ह्रास आउने भएकाले वैदिक परम्पराबाट खेती किसानी गर्न सकिन्छ भनी गौसेवा गरी पञ्चगव्यको प्रयोग, मन्त्र र स्त्रोत्रहरूको प्रयोग, प्रांगारिक मल आदि प्रयोगको बारेमा किसानलाई गाउँ–गाउँमै पुगेर निःशुल्क परामर्श दिनुपर्दछ । मानिसहरूको स्वास्थ्य कृषि खाद्यान्नसँग प्रत्यक्ष जोडिएको हुन्छ, त्यसैले अस्पतालको संख्या बढाउनुको सट्टा विषादीरहित खाद्यान्न उत्पादनमा जोड दिन जरुरी छ । किन कि भोजन नै जीवन हो र भोजन मृत्यु पनि हो ।

पर्यटन

नेपाल संसारकै एक सुन्दर प्राकृतिक देश हो । यो भनाइ अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित संस्थाहरूले नै भनेका छन् ।

नेपाल पर्यटकीय हिसाबले १० नम्बर भित्रै पर्ने गन्तव्यको रूपमा तथ्यांक आउँछ । तर, पनि पर्यटक बोलाउन, आतिथ्यता गराउन सकेका छैनौँ । संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठूला हिमशृंखला नेपालमै छन् । आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वतहरू नेपालमै छन् । विश्वमै दुर्लभ मानिने ७ सय ५० भन्दा बढी प्रजातिका पन्छी नेपालमै पाइन्छन् ।

दुर्लभ बाघ, भालु, चितुवा, हरिण, काँडे भ्याकुर, विभिन्न प्रजातिका मृगहरू, एकसिंगे गैँडाहरू हेर्न नेपालमै आउनुपर्छ । वर्षैभर अविच्छिन्न बगिरहने नदीहरू छन् । सयौँ भाषा र संस्कृति यहीँ छन् । फरक–फरक जलवायु छ । नेपालले अरू सबै छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने हो भने आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लग्ने हो भने समृद्धिको ढोका सहजै खुल्नेछ । विदेशी मुद्राको दुःख पनि हरदम हुने छैन ।

उचित ठाउँमा व्यवस्थित आवासीय क्षेत्रहरू

नेपाली समाजको पहिचान, मौलिकता झल्किने र वातावरण मैत्री घरहरू निर्माणमा जोड दिनुपर्दछ । आवासीय क्षेत्र र औद्योगिक क्षेत्रहरूको खाका बनाएर व्यवस्थित ठाउँहरू तोकिनुपर्दछ ।

सञ्चार माध्यम

– आधिकारिक सञ्चार माध्यमहरू मात्र सञ्चालन गर्नुपर्दछ । ताकि तिनीहरूले जनताहरूलाई सत्य समाचारहरू प्रसारण गर्न सकुन् । सम्पूर्ण मिडियाहरू जनमुखी र निष्पक्ष हुनुपर्दछ र सकिन्छ भने पत्रकार हुनलाई लाइसेन्स परीक्षाको नियम पनि बनाउनुपर्दछ । उचित नीति नियम नहुँदा आजभोलि आम मानिसहरूको व्यक्तिगत कुराहरूमा पनि विभिन्न सामाजिक सञ्जालहरू जस्तै युट्युब, टिकटक, फेसबुकहरूले अनावश्यक चियोचर्चा गरी कति जनाको त घरबार नै तहसनहस गरिदिएको हाम्रो समाजमा तमाम उदाहरणहरू छन् । त्यसैले सामाजिक सञ्जाल ऐन बनाएर कडाइका साथ लागु गर्नुपर्दछ । यतिले पनि समस्या हल नभएमा २०२५ सालभित्र विश्वबाट इन्टरनेट गायब हुन सक्ने सम्भावना प्रबल छ ।

परम्परागत आम सञ्चार माध्यमले विश्वास गुमाएको कारण पनि सामाजिक सञ्जाल उच्छृंखल र उखरमाउलो भएर आएको हो त ? राज्यको चौथो अंगको रूपमा सञ्चार क्षेत्रले ‘वाचडग’ को भूमिका खेल्दै आएकोमा यो बिस्तारै ‘ल्यापडग’ को भूमिकामा पुग्न गएको छ । बब फ्रेन्कलिन र उनका साथीहरूले निकालेको निष्कर्षअनुसार सरकार र कर्पोरेट स्वार्थ रक्षामा रहनु, विचार र वर्गप्रति आग्रही हुनु र सर्वसाधारणको हितप्रति असंलग्न रहनु ल्यापडग सञ्चारका सिद्धान्त हुन् । यसर्थ सामाजिक दायित्वको पुनः अभिमुखीकरणमार्फत आम सञ्चारमाध्यम स्वनियमित हुनुपर्दछ । अनि मात्र लोकतन्त्रका लागि सञ्चारको दायित्व पूरा हुन्छ, अन्यथा सामाजिक सञ्जाल मात्र होइन सबै सञ्चार माध्यम लोकतन्त्रको रक्षक बन्न सक्नेछैनन् ।

– खानीहरू जस्तै पेट्रोलियम, युरेनियम, तामा, सुन, टर्मानिल, हिरा, कोइला, फलाम उत्खनन गर्ने र जलविद्युत व्यापार जस्तै विद्युत् उत्पादन गर्ने र नेपालको पानी खाडी मुलुकहरूमा बेच्ने वातावरणको सृजना गर्नुपर्दछ ।

–नेपाली समाजलाई अनुशासित, भेदभावरहित, लैंगिक समानता र भाइचारा सम्बन्धको समाज निर्माण गर्न पहल गरी आन्तरिक एकता मजबुत बनाउँदै समृद्धिको यात्रा तयार गर्नतर्फ दृढ संकल्प गर्नुपर्दछ ।

–वैदेशिक लगानीकर्ता आकर्षण गर्ने उचित नीति, नियम र वातावरण निर्माणमा जोड दिनुपर्दछ ।

– नेपाली कला, संस्कृतिहरू झल्किने विशिष्ट मठमन्दिर, अनुष्ठानहरू निर्माणमा जोड दिनुपर्दछ ।

– निष्पक्ष मानव अधिकारको कार्यान्वयन हुनुपर्दछ र विभिन्न जात, समुदाय, धर्महरूको आधारमा खोलिएका सम्पूर्ण आयोगहरू खारेज हुनुपर्दछ । किनकि जुनसुकै समुदाय, जात, धर्मका व्यक्तिहरू पनि मानव, नेपाली नै हुन् र तिनीहरू पनि आयोगको अध्यक्ष हुन पाउने अधिकार छ ।

न्यायालयहरूमा दलीय कोटाबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू नियुक्ति हुने प्रावधान खारेज हुनुपर्दछ । न्यायालयहरू पूर्णरुपमा स्वतन्त्र, निष्पक्ष र कुनै पनि राजनीतिक दल, आन्तरिक र बाह्य शक्ति केन्द्रहरूबाट हस्तक्षेपरहित हुनुपर्दछ ।

विक्रम सम्वत २०४६ सालपछि नेपालमा अहिलेसम्म भएका भ्रष्टाचार, अभिचार र व्यभिचारका सबै फाइल खोलिनु पर्दछ र सार्वजनिक पद धारन गरेका र उच्च ओहदामा बसेका सम्पूर्ण विशिष्ट व्यक्तिहरू, राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति राष्ट्रियकरण गरिनुपर्दछ ।

देशको अर्थतन्त्र चलायमान र रिभाइब गराउनलाई ५ सय र १ हजार रुपैयाँका नोटहरू पूर्ण रूपमा खारेज गर्नुपर्दछ ।
हरेक जिल्लामा बनेका जिल्ला समन्वय समितिहरू पुर्णरूपमा खारेज हुनुपर्छ ।

अपवाद बाहेक सकेसम्म आर्थिकरूपले सम्पन्न भएका व्यक्तिहरू राजनीतिमा लाग्नुपर्दछ ताकि उनीहरूको पैसाप्रति मोह नबढोस् र भ्रष्टाचार पनि नमौलाओस् । किनकि राजनीति पेसा नभई स्वयंसेवक गर्ने थलो पनि हो ।

हरेक क्षेत्रमा राजनीतिक नियुक्ति बन्देज हुनुपर्दछ । राजनीतिक नियुक्ति वरिष्ठताका आधारमा भन्दा व्यक्तिको योग्यता, विज्ञता, अनुभवको आधारमा नियुक्ति गरियो भने त्यसले असल, स्वस्थ सु–शासन र सार्वजनिक प्रशासन प्रभावकारी हुन सक्दछ र राजनीतिक नियुक्ति पाएका पूर्वपदाधिकारीहरू आम सामान्य नागरिक सरह जीवन व्यतीत गर्नुपर्दछ ।

नेपालको आन्तरिक राजनीति र असंलग्न परराष्ट्र नीतिमा बाह्य शक्ति केन्द्रहरूको हस्तक्षेप अन्त्य र न्यूनीकरण गर्न सक्ने देशभक्त, निडर र बदलिँदो विश्वव्यापी भू–राजनीतिलाई सन्तुलनमा राख्न सक्ने क्षमता भएको राष्ट्रप्रमुख खोज्नतर्फ पनि लाग्नुपर्दछ । ताकि वैदेशिक शक्ति केन्द्रहरूले सहजै हस्तक्षेप गर्न र क्रिडास्थल बनाउन नसकुन् र देशमा राजनीतिक स्थिरता कायम रहन सकोस् ।

– संघीय राजधानी काठमाडौंबाट अन्यत्र सार्नु पर्दछ किनकि काठमाडौं आफैमा एउटा ठुलो ओज भएको सहर हो र मिल्छ भने सकेसम्म संघीय राजधानी विकट जिल्लामा राख्नुपर्दछ ताकि त्यस जिल्ला र छिमेकी जिल्लाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा पनि टेवा पुर्‍याउन सकोस् र हरेक १५ देखि २० वर्षमा अन्य जिल्लाहरूमा पनि राजधानी सार्ने नीति नियम बनाउनु पर्दछ ।

– त्यस्तै आफूलाई कथित राजनीतिक विश्लेषक भन्नेहरू पनि देशप्रति बफादार हुनुपर्दछ र देशलाई हित हुने सत्य विश्लेषण गर्नुपर्दछ । उत्तर, दक्षिण, पश्चिमबाट पैसा खाएर नुनको सोझो गर्नु हुँदैन ।

– दरबार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्डको दोषीहरू ठहर गरिनुपर्दछ ।

– नेपाललाई नेपालजस्तो बनाउन, नेपालको अस्तित्व मेटिन नदिन, नेपाललाई बाह्य शक्ति केन्द्रहरूको क्रीडास्थल नबनाउनका लागि र दक्षिण एसियाभरि शान्ति कायम गर्न नेपालले अब गहिरिएर सोच्नुपर्ने समय आएको हो कि युवा साथीहरू ?

– खोइ युवाहरू, कहाँ छन् युवाहरू, के हो युवाहरू ?

– भनिन्छ नि, जंगलमा सिंह एकपटक गर्जियो भने टाढा–टाढाका स्यालहरू समूहमा बसेर कराउन त सक्छन् तर नजिक पर्न भने सक्दैनन् भनेजस्तै आज मुलुकमा यस्तै भइरहेको देखिएको छ ।

विकासका लागि राजनीति कि राजनीतिको लागि मात्र राजनीति भन्ने कुराको चुरो उत्तर अब खोज्ने बेला भएन र साथीहरू ?

नेपाललाई विकसित आधुनिक आद्यौगिक लोकतान्त्रिक राष्ट्र बनाउन नेपालमा विद्यार्थी आन्दोलनको फेरि आवश्यकता छ कि ?

कुनै पनि देशको मेरुदण्ड भनेको युवा शक्ति हो । युवा भनेको हरेक देशको भविष्यको सबैभन्दा ठूलो पुँजी र अनमोल, अनन्त शक्ति हो । युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधार स्तम्भ बन्न सक्छन् । ख्याल राख्न जरुरी छ– युवा अवस्था आउँछ तर जीवनमा एक पटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ ।

दुःखद् कुरा समय उड्छ तर अर्को सुखद कुरा त्यो उड्ने समयरुपी जहाजको पाइलट तपाईं हामी नै हो । अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुर्‍याउने युवाको हातमा छ । आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ कि ?
नेपाललाई विकसित आधुनिक आद्यौगिक लोकतान्त्रिक राष्ट्र बनाउन नेपालमा विद्यार्थी आन्दोलनको फेरि आवश्यकता छ कि ?

के अब नेपालमा युवाहरूले विद्रोह, निर्णायक कु गरेर सत्ता कब्जा गरी देशलाई सही मार्गमा डोर्‍याउने समय आएकै हो त ?

अब यो अनिवार्य भएको छ किन कि नेपाल दक्षिण एसियाको इपिसेन्टर हो, जसले निर्धारण गर्छ दक्षिण एसियाभरि शान्ति कायम गर्ने कि द्वन्द्व भनेर । त्यसैले नेपालका सबै राजनीतिक पार्टीहरूले पनि एकपटक मनन गर्नु पर्ने समय आएको हो कि ?

हामी योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवद्र्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रूपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (वल्र्ड पिस सेन्टर)को रूपमा विकास गर्ने संकल्प गर्नतर्फ लाग्नुपर्दछ । हामी नेपालीहरूले आफैँसँग भएको ऊर्जा, ज्ञान, क्षमता चिन्न, चलाउन र प्रयोग गर्न पनि नजानेर नै सुखी, शान्त र समृद्धि हुन नसकेका हौँ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?