काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा एमालेमाथि भइरहेको दाबी गरे । उनले राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उनको जिकिर छ ।
उनले नेकपा एमालेलाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गरे ।
‘अहिले देश बर्बादीतर्फ धकेलिएको छ । यस अवस्थालाई हामीले तत्काल लोकतान्त्रिक, जनपक्षी, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र शान्तीपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अरुभन्दा हामी धेरै निशानामा परेका छौँ । हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ । नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरताको वैचारिक र व्यवहारिकताको अगुवाई गरेका छौँ । नेपालको सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलन र जबज प्रतिपादन हुनुभन्दा अगाडि र पछि हामी अघि बरिहेको अवस्थामा हामीले प्रभावकारी भूमिका खेलेका छौं । यी धेरै कुराहरु मन नपराउने शक्तिहरु छन् । राष्ट्रले शीर उठाएको मन नपाएका शक्तिहरु छन् । अरुले राष्ट्रहितमा बोल्नुनपर्ने एमालेमात्रै किन बोल्नुपर्ने शक्तिहरु पनि छन् । राष्ट्रिय हित र न्यायको पक्षमा छौं । यसर्थ हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रको हितमा र राष्ट्रिय सार्वभौकताको अडान लिएका छौं ।’
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भरताको बाटोतर्फ डोर्याएको पनि दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया