टी-२० विश्वकप छनोट : सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

लोकपथ
588
Shares

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स चरणमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

निर्णायक मानिएको यो खेल ओमानको अल अमेरतस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा बेलुका ८:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि समूह चरणमा अपराजित रहेका नेपाल र ओमान दुवै टोली विश्वकप नजिक पुगेका छन् । आजको खेलको विजेता टोली सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछ । त्यसैले यो खेल दुवै देशका लागि ‘फाइनल’ सरहको महत्त्वपूर्ण बनेको छ ।

नेपालले यसअघि आइतबार युएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो भने ओमानले पनि कतार र युएईलाई हराएर सुपर सिक्समा स्थान बनाएको हो ।

छनोट सुरु हुनुअघि भएको वार्म-अप खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म ८ पटक भेट भएको छ । तीमध्ये नेपालले ५ खेल जितेको छ भने ओमानले एक सुपर ओभरसहित ३ खेलमा जित हासिल गरेको छ ।

नेपालले आजको खेलपछि शुक्रबार सामोआसँग सुपर सिक्सको अन्तिम खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?