टी–२० वरीयतामा नेपाल एक स्थान उक्लियो, भारत शीर्ष स्थानमा यथावत्

लोकपथ
2.2k
Shares

काठमाडौं । आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल कमिटी (आईसीसी)ले मंगलबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान उक्लिँदै १७औँ स्थानमा पुगेको छ ।

नेपालले केही दिनअघि मात्रै वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको थियो । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले हाल ओमानमा आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोट खेलिरहेको छ  । 

आईसीसी टी–२० वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ । पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा यथावत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?