काठमाडौं । आईसीसी टी-२० विश्वकप एशिया एण्ड इस्ट एशिया प्याशिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज (सोमबार) कतारविरुद्ध मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे ओमानमा हुनेछ।
नेपालले सुपर सिक्सको सुरुवात यूएईविरुद्धको रोमाञ्चक जितसहित गरेको थियो । त्यस खेलमा नेपालले मात्र १ रनको अन्तरमा विजय हासिल गरेको थियो । उक्त जितले नेपाललाई विश्वकप छनोटको दौडमा बलियो स्थिति दिलाएको छ।
उता, कतार हिजो आयोजक ओमानसँग ३४ रनले पराजित भएको थियो र आज नेपालविरुद्ध जित निकाल्दै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
यसअघि आजै दिउँसो ४:१५ बजे ओमान र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ । यस खेलको नतिजाले पनि सुपर सिक्सको तालिकामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सुपर सिक्सको खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र कतारमा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया