काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो ।
जापानका लागि कप्तान केन्डेल काडोवाकीले सर्वाधिक ६० रन बनाए । उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
इसम रहमानले २५ बलमा ३१ रनको योगदान दिए। जापानका मध्यक्रमका ब्याटरले ठूलो स्कोर बनाउन नसक्दा टिम १३१ रनमै समेटिन पुग्यो ।
नेपालका लागि बलिङमा गुल्सन झा र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।
नेपाल अब १३२ रनको लक्ष्य प्राप्त गर्न मैदानमा उत्रिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया