काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिकाको न्युयोर्क जाँदैछन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् ।
१४ सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने तालिका छ ।
प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्नेछन् ।
महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबार (४ असोज) नै न्युयोर्क प्रस्थान गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया