काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरू र तिनका परिवारमाथिको अनुसन्धानलाई तीव्र बनाउँदै उनीहरूका विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको छ ।
विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेर उनीहरूका विवरण पठाउन पत्राचार गरेको हो ।
विभागले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, देउवापत्नी आरजु राणा देउवा र देउवापुत्र जयवीर देउवा, निवर्तमान उर्जामन्त्री दीपक खड्काको विवरण पठाउन पत्राचार गरेको जनाइएको छ ।
विभागले उनीहरूका नाममा रहेका बैंक खाता, सेयर कारोबार, जग्गाको विवरणसमेत माग गरेको छ । विभाग स्रोतका अनुसार राष्ट्र बैंकमार्फत नेताहरूको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र मौज्दात पठाउन पत्राचार गरिएको छ । यो पत्राचार असोज १२ गते नै राष्ट्र बैंकलाई गरिएको छ । राष्ट्र बैंकबाट विवरण प्राप्त भएपछि खाता रोक्का गर्नेसम्मको तयारी छ ।
यस्तै आज मंगलबार कम्पनी रजिस्ट्रार, सिडिएस र मालपोतलाई विवरण पठाउन भनी पत्राचार गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा देउवा दम्पती, प्रचण्ड, तत्कालीन उर्जामन्त्री खड्काको घरमा रहेको पैसा जलेको जनाइएको थियो । जलेका पैसालाई लिएर अहिले प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया