काठमाडौं । भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटवल टोलीलाई बिदाइ गरेका हुन् । नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ ।
नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अबे दुवै खेल भियतनाममा नै खेल्न लागेको हो । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । यसअघिको बंगलादेशसँग एक मैत्रिपूर्ण खेल राम्रो भएको भन्दै उनले भियतनामविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने गरे ।
नेपाली राष्ट्रिय फुटवल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन् । सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया