महिला क्रिकेट : मलेसियासँग नेपाल १३ रनले पराजित

लोकपथ
161
Shares

काठमाडौं । मलेसियाविरुद्धको पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको छ ।

क्वालालम्पुरमा भएको खेलमा नेपालले मलेसियाले तोकेको १२१ रनको लक्ष्य ८ विकेट गुमाएर १०७ रनमा मात्र पूरा गर्न सक्यो ।

नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रनको योगदान दिइन् ।

गोलयातर्फ, कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिए । यस हारसँगै शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?