हुम्ला । रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।
लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा विजयी हुने समूहले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया