वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित

लोकपथ
413
Shares

काठमाडौं । युनिटी कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ ।

यसअघि कुनै पनि टेस्ट राष्ट्रलाई नहराएको नेपालले पहिलोपटक वेस्ट इन्डिजलाई हराउँदै कीर्तिमान बनाएको हो ।

युएईको शारजाह क्रिकेट रंगशालामा आइतबार भएको खेलमा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमै रोकिएको थियो । वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए भने बलिङतर्फ नेपालका कुशल भुर्तेलले २ विकेट दिलाए । त्यस्तै कप्तान रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो । कप्तान रोहित पौडेल ३८ रनसहित शीर्ष स्कोरर बने भने कुशल मल्लले ३०, गुल्सन झाले २२, दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे । अन्य ब्याट्सम्यानहरू छोटो योगदानमै आउट भए ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् ।

३ खेलको सिरिजअन्तर्गत दोस्रो खेल सोमबार खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?