कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

लोकपथ
168
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिका–५ बनखेतस्थित शिव शक्ति खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रहरीले सोही पसलका सञ्चालक भीमदत्त-६ बस्ने ५३ वर्षीय शिवराज भट्टसहित सात जनालाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूबाट नगद ५० हजार ८८८ रुपैयाँ र ४ बुक तास बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?