काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी हुन् ।
भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ ।
जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उनले बताइन् ।
आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाई छ ।
उनले जेनजीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताइन् । जेन—जी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनको दाबी छ ।
उनले भनिन्, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनीहरुको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईहरु उनीहरुले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरु त छैनन् त । उनीहरुले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दाखेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुुस्, म अनुरोध गर्छु । के ती बच्चाहरुले आफ्ना लागी आन्दोलन गरेका थिए त रु होईन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरुलाई केही चाहिएकै थिएन् । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।’
उनले आन्दोलनका क्रममा जेनजीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दाबी गरिन् ।
जेनजीहरुको सार्वजानिक सम्पतीमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उनको भनाई छ । जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उनले दाबी गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया