काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।
बैठकमा हालको समसामयिक राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएका अन्तर्विरोधबारे छलफल हुने भएको छ । जेनजी आन्दोलनपछि माओवादीभित्र नेतृत्व परिवर्तनको माग खुलेर अघि आएको छ ।
पार्टी स्रोतका अनुसार बैठकमा आन्दोलनपश्चात देशको राजनीतिक स्थिरता, सरकारमा माओवादीको भूमिका र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया