चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

लोकपथ
1.2k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ ।

गत भदौ २४ गते आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षति पुगेका मन्त्रालयका केही भागमा पुनः काम सुरु गर्न रङरोगन तथा आवश्यक फर्निचर, झ्याल–ढोका जस्ता सामग्री राख्ने काम भइरहेको छ ।

शहरी विकास मन्त्रालयका अनुसार सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मर्मत कार्य भइरहेको छ ।

आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय लगायत केही मन्त्रालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य मन्त्रालयमा आंशिक क्षति मात्रै पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?