देशभरका विभिन्न राजमार्ग अवरुद्ध [सूचीसहित]

लोकपथ
497
Shares
फाइल तस्बिर

काठमाडौं । देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू दसैँअघि अलपत्र परेका छन् । 

लगातारको वर्षा र पहिरोका कारण कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग र मध्य पहाडी लोकमार्गलगायतका सडक विभिन्न ठाउँमा अवरुद्ध भएका हुन् ।

सडक बन्द भएपछि यात्रामा रहेका सयौँ यात्रु बाटैमा रोकिएका छन् । नेपालीहरूको मुख्य चाड दसैँको पूर्वसन्ध्यामा यस्तो अवरोध हुँदा यात्रुहरू थप समस्यामा परेका छन् ।

शनिबार सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । भौतिक मन्त्रालयसहित ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङको नेतृत्वमा बसेको बैठकमा सडक खुलाउनेबारे विस्तृत छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ, मजदुर प्रतिनिधि र सुरक्षा निकायका अधिकारीहरूले सडक खण्डहरूको अवस्थाबारे मन्त्री घिसिङलाई जानकारी गराएका छन् ।

शुक्रबार रातिदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा लगातार पहिरो खसिरहेको कारण सडक खुलाउन कठिनाइ भएको छ । यस खण्डमा यात्रुहरू रातिदेखि नै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?