घर जलाइएपछि शशांकको गुनासो : ‘मैले के गल्ती गरेको थिएँ ?’

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।  

संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

उनले वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको उनको भनाइ छ । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । उनले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको  भए पनि घर जलाइएकोमा आपत्ति जनाए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?