उच्च अदालत पाटनमा असोज २१ गतेबाट मात्रै नियमित सुनुवाइ हुने

लोकपथ
91
Shares
उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनको नियमित सुनुवाई आगामी असोज २१ गतेबाट मात्रै हुने भएको छ ।

जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेबाट उच्च अदालत पाटनको नियमित कामकारबाही हुन सकिरहेको छैन ।

उच्च अदालतकी शाखा अधिकृत पार्वती हितानले विज्ञप्ति जारी गर्दै असोज २१ गतेदेखि मात्रै नियमित पेसी हुने जानकारी दिइन् ।

त्यस्तै २१ गतेबाट सुरु हुने साप्ताहिक पेसीको सूची आगामी असोज ५ गते प्रकाशन हुने पेसी सूची हेर्न समेत भनिएको छ ।

जेनजी आन्दोलनका कारण उच्च अदालत पाटनको भवनमा समेत क्षति पुगेको छ । जेनजी आन्दोलन उग्र बनेपछि सरकारी भवन, नेताका घर र सम्पत्तिदेखि न्यायालय समेत निशानामा परेका छन् ।

यता आगजनी र तोडफोड भएको सर्वोच्च अदालतले आजबाट त्रिपालमा नै सुनुवाई सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?