काठमाडौं । अन्तरिक सरकारको प्रमुख बनेको एक साता पुग्नै लाग्दा समेत प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईको ओइरो आइरहेको छ ।
फरक परिस्थितिपछि मुलुकको नेतृत्व गर्न पुगेकी कार्कीलाई विभिन्न देशका समकक्षीसहित सम्बन्धित देशका कुटनीतिक नियोगका प्रतिनिधिहरुले बधाई दिइरहेका छन् ।
सो क्रममा बिहीबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बधाई दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर बधाई दिएका हुन् ।
नेपालका लागि चिनियाँ दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भेटमा दुई पक्षबिच नेपाल चीनबिच मित्रता र सहयोगलाई थप प्रवर्द्धन गर्नेमा सहमति भएको बताइएको छ ।
‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पाउँदा र हाम्रो न्यानो बधाई र समर्थन प्रदान गर्न पाउँदा धेरै खुशी लाग्यो । हामीले विचार आदानप्रदान गर्यौं र हाम्रो मित्रता र सहयोगलाई अझ प्रवर्द्धन गर्न सहमत भयौँ,’ दूतावासले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया