राष्ट्रपति समक्ष महिला र मधेसी आयोगले बुझाए वार्षिक प्रतिवेदन

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी आयोगहरूले नेपालको संविधानको धारा २९४ अनुसार आफ्ना प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाउनु भएको थियो ।

प्रतिवेदन पेश गर्ने क्रममा आयोगहरूले आफ्नो वार्षिक गतिविधि, उपलब्धि र चुनौतीका बारेमा जानकारी दिएका थिए । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा यसबारे औपचारिक जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?