कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला, मृतकको संख्या ७४ पुग्यो

लोकपथ
819
Shares

काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार शव पूरै जलेको अवस्थामा भेटिएकोले हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।

यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि विभिन्न घटनामा ७३ जनाको मृत्यु भएको थियो ।

केहीअघि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा सातवटा शव भेटिएको थियो । ती शव अस्थिपञ्जरको रूपमा भेटिएकाले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकका अस्थिपञ्जर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?