सडकमा सक्रिय हुँदै ट्राफिक प्रहरी  

लोकपथ
252
Shares

काठमाडौं । जेन जी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा सुरु गरेका छन् । 

आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरू बिनाबर्दी काममा फर्किएका थिए । 

काठमाडौं उपत्यकाको प्रमुख स्थानहरू बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक प्रहरी बर्दीसहित देखिन थालेका छन् । आन्दोलनका दिन काठमाडौंका अधिकांश प्रहरी कार्यालयहरू तोडफोड भएका थिए । 

दोस्रो दिन आन्दोलनकारीले नेपाल प्रहरीलाई निशाना बनाइ प्रहरीमाथि कुटपिट, प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड गरे । सुरक्षार्थ खटिएका प्रहरीमाथिको निर्घात कुटपिट हुँदा तीन जना प्रहरी जवानले ज्यान समेत गुमाएका छन् । ट्राफिक प्रहरी पनि आन्दोलनको निशानामा परे ।  

काठमाडौं उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी चाप तथा सडक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुन्छ । 

प्रहरी फेरि बर्दीमै फर्कनु, राज्य संयन्त्र पुनः स्थिर हुँदै गएको संकेतका रूपमा लिइएको छ । 

ट्राफिक प्रहरीहरूको बर्दीसहित पुनरागमनले राजधानीको सडक सुरक्षातर्फको पहलमा आशा देखाएको छ । तर आन्दोलनले देखाएको सामाजिक असन्तोष, राज्यप्रतिको अविश्वास र हिंसात्मक प्रतिक्रिया अझै पूर्ण रूपमा साम्य भइसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?