काठमाडौं । नेपालको अन्तरिम सरकार गठनमा भारतले स्वागत गरेको छ । शुक्रबार राति नै भारतले नयाँ सरकार गठनको स्वागत गरेको हो ।
पूर्व प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो ।
विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ ,‘हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ, यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।’
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया