हेटौँडा । पछिल्ला दिनमा अस्थिर बनेको हेटौँडाको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सहज बन्दै गएको हो ।
सेनाले लागू गरेको निषेधाज्ञामा खुकुलोपन ल्याएसँगै बिहान ६ बजेदेखि १० बजेसम्म नागरिकलाई अत्यावश्यक कामका लागि बाहिर निस्कने अनुमति दिइएको छ । सो अवधिमा बजारमा केही चहलपहल बढेको छ भने सर्वसाधारणले आवश्यक सामग्री खरिद तथा अन्य कामसमेत गरेका छन् ।
तर, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः कडाइका साथ निषेधाज्ञा जारी रहने व्यवस्था गरिएको छ । सुरक्षाकर्मीले यस अवधिमा कडा निगरानी राखेका छन् । यस्तै, बेलुकी ५ देखि ७ बजेसम्म निषेधाज्ञा केही खुकुलो पारिने जानकारी सेनाले दिएको छ ।
नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी सेवामा संलग्न कर्मचारीलाई भने परिचयपत्रका आधारमा आवतजावत गर्न अनुमति दिएको छ ।
समग्रमा सेनाको नेतृत्वमा शान्ति–सुरक्षा मजबुत हुँदै गएपछि हेटौँडाको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया