संवैधानिक दायरामा नै रहेर मुलुकलाई निकास दिन विमर्शमा छु : राष्ट्रपति पौडेल

लोकपथ
2.7k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार विमर्शमा रहेको बताएका छन् । उनले यसका लागि आफूले हरप्रयास गरिरहेको पनि बताएका छन् । 

उनले आज बिहीबार दिउँसो एक अपिल जारी गर्दै आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न र छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न पनि भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?