काठमाडौं । गत मंगलबार ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन् ।
कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले बुधबार राति तीन जना कैदी फर्केको पुष्टि गरे ।
ठाकुरका अनुसार, ‘हामीले कैदीरथुनुवालाई कुनै सर्त वा थप कारबाही बिना फर्कन अपिल गरेका थियौँ । यस अपिलको सकारात्मक प्रभाव परेको देखिन्छ। अन्य केहीले फोनमार्फत पनि आउँदैछौँ बताएका छन् ।’
कारागार प्रशासनले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदीरथुनुवालाई २४ घण्टाभित्र स्वेच्छाले फर्कन अपिल गरेको थियो । नफर्किएमा खोजी गरी भेट्टाउँदा थप कारबाही हुने जनाइएको छ ।
यसैगरी, मंगलबार भागेका ५७६ जनामध्ये १० जना भारतीय सीमा नजिकै भारतीय प्रहरीले नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ । ठाकुरका अनुसार, जिल्ला प्रशासन र प्रहरी कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया